BankingBusiness NewsCorporate

बैंकको साँवा ब्याज तिर्न देउरालीका अध्यक्ष चालौगाईले मागे एक बर्ष अवधि


काठमाडौ । ललितपुर सातदोबाटो स्थित केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले बैंकको साँवा, ब्याज तथा हर्जना लगायत सम्पूर्ण ऋण रकम एकएक गरी ०८१ असार मसान्तभित्र चुक्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

विभिन्न ६ वटा बैंकबाट कर्जा लिइ राज्यलाई अर्थतन्त्र र रोजगारीमा टेवा पुर्याउने उदेश्यले कृषि लगायत विभिन्न स्वदेशी तथा विदेशी खाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्न उनले ऋण लिएका थिए । सो कर्जा सहकारी समस्यामा परेपछि बचतकर्ताको पैसा फिर्तालाई प्राथमिकता दिएर बैक तथा वित्तिय संस्थाको साँवा तथा ब्याज केही समयदेखि बुझाउन नसकेको अध्यक्ष चौलागाँइले बताए ।

बैंकहरुले ३५ दिने सुचना प्रकासित गरेपछि देउराली सहकारीका अध्यक्ष चौलागाइले कर्जा लिएका बैंकहरुलाई थप सकयावधि माग गरेका छन् । समय अवधि मागेका बैंकहरुमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैक, माछापुछ्र्रे बैंक, एनआइसी एसिया बैंक, राष्टिय सहकारी बैंक र सिटिजन्स बैक रहेका छन् ।


सहकारीका अध्यक्ष चौलागाइले बैंकहरुको ऋण समयमा तिर्न नसक्नुमा कोभिड महामारीको समस्या तथा आर्थिक मन्दी लगायतको कारण भएको बताएका छन् ।

देउराली सहकारीमा एकैपटक ठुलो मात्रामा बचतकर्ताहरुको बचत फिर्ताको चाप पर्न आएको कारण आफुहरु समस्यामा परेको, जान अन्जानमा बैंक कर्जा रकम समेतबाट बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बाध्यात्मक परिस्थीतिका कारण अहिलेको परिस्थीति सिर्जना भएको चौलागाइले बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button