BrandingBusiness NewsCorporate

मौलाकाली केवलकारको इभिनिङ अफर, ५० प्रतिशत छुट

काठमाडौं । मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ् अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य रु ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु २७५ मै दुइतर्फी यात्रा गर्न पाउनेछन् । यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्ने, साथै दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्ने मेनेजरले बताए ।

‘यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृध्दि हुने अपेक्षा छ । दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौं’ केवलकारका स्टेशन मेनेजर पौडेल बताउँछन् ।

मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृध्दि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छ ।

गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ । धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको छ ।

शनिबार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केवलकार संचालन हुने गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button