Insurance & FinanceTrending

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले FPO निष्काशन गर्ने

श्रावण ३, २०८०, काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात रु.४६,७२,९५४.५० (अक्षरुपी छयालीस लाख बहत्तर हजार नौ सय चौवन्न रुपैयाँ र पैसा पचास) बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी रु. १,००,००,००,०००/–, जारी पूँजी रु. ९१,५४,५५,४६३/– र चुक्ता पूँजी रु. ९१,०७,८२,५०८.५०/–रहेको छ । उक्त वित्तिय संस्थामा १,७१,००० भन्दा बढी सदस्यहरु लाई सेवा दिदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button