Business NewsCorporateeducationTrending

राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने


 
काठमाडौं । राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले
 (Right Path Career Counselling) लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ । सोही
राइटपाथ कन्सल्टिेन्सिले यही आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन
कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो ।
 
विगतका वर्षहरुमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ । अहिले सुरु हुन लागेको
कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौं, ३१
गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८  गते ललितपूरमा सम्पन्न हुने
तालिका रहेको छ ।


 
कन्क्लेभ लक्षित अफरहरु
एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि
व्यवस्था गरिएको छ ।
त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने
व्यवस्था गरिएको छ ।


२० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्नेछन् ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने,‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले
सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले
धेरै मद्धत पुर्याउँछ । उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ
यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम
लाभदायी हुने बताएका छन् ।
 
त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button