BankingBreakingCorporate

महालक्ष्मी विकास बैंक हेटौंडाद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कारका साथै सम्मानपत्र भट्टराईलाई हस्तान्तरण गरे ।

साहित्यकार भट्टराईले विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button