Entertainment

रियलमी 11 Pro सिरिज 5G सार्वजनिक, कति पर्छ मुल्य ?

काठमाडौं । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु— प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ ।

रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ ।

नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘हामी सदैव नयाँँ मोडल ल्याउनु भन्दा अगाडि यो कुरा सुनिश्चित गर्दछौँ कि अगाडिको मोडल भन्दा अहिलेको मोडल केही न केही कुरामा लिप फर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमा अपग्रेड होस् ।

नयाँँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिश स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँँ अपग्रेड सहित रियलमी फोनहरु बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरु प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ ।’

रियलमी ११ प्रों ५ जी १२र२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६१,९९९ रूपैयाँ रहेको छ । रियलमी ११ प्रों ५ जी दुईवटा कलर सनराइज बेज र ओएसिस ग्रीन अप्सनहरुमा उपलब्ध छ

त्यस्तै रियलमी ११ प्रो ५ जी ८र२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७,९९९ रूपैयाँ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ स् सनराइज बेज र एस्ट्रल ब्ल्याक ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button