BankingBrandingBusiness News

एक लाख घुस लिदै गर्दा वरिष्ठ हवल्दार सिंह पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

सिंहलाई बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button