BankingBreakingTrending

आधार दरभन्दा कम ब्याजमा बैंकहरुले कर्जा प्रवाह गर्न पाउने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो आधार दर (बेस रेट) भन्दा पनि कम ब्याजदरमा कर्जा प्रवाह गर्न पाउने भएका छन् । शुक्रबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

तर यस्तो कर्जा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुनेगरी सञ्चालन गरेको कार्यक्रमका लागि मात्र न्यून ब्याजदरमा कर्जा प्रवाह गर्न पाइने छ ।

यसअघि यस्तो व्यवस्था गरिएको थिएन ।   कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गन नपाइने केन्द्रीय बैंकले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button