BankingBrandingBusiness NewsCorporateInsurance & Finance

सानिमा बैकको ‘फाइभ इन वान’ सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि ‘फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । सानिमा ‘थ्री इन वान’ खाताको परिस्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।

यस सेवामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।


बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरूले बैंकको वेवसाइटमा उपलब्ध ‘फाइभ इन वान’ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता डिम्याट खाता, सि आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button