BrandingBreakingBusiness News

कोरियाको पानी जहाज कम्पनीमा कामदार माग, साउन २० देखि २४ गतेसम्म आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।

आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।

आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । आवेदन यहि साउन २० गतेदेखि २४ गतेसम्म दिन सकिनेछ ।

आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गए अनलाइनबाट भर्नु पर्नेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button