
BreakingBusiness NewsTrending
सुनको आयात १३ अर्बले घट्यो
काठमाडौँ- नेपालमा सुनको आयात १३ अर्ब २६ करोड रुपैयाँले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा उक्त मूल्यले सुनको आयात घटेको हो ।
अघिल्लो आर्थिक वर्ष नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएकामा गत आर्थिक वर्षमा जम्मा २२ अर्ब ३५ करोड रुपैयाँको सुन भित्रिएको छ । यो १३ अर्ब २६ करोड रुपैयाँले न्यून हो । आर्थिक वर्ष २०७९/८० मा अवधिमा २९ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो । यस्तै, आयातबापत राज्यले २ अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ५० लाख ५३ हजार ग्राम सुन भित्रिएको थियो भने ४ अर्ब २९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।