BrandingBusiness NewsTrending

काठमाडौँको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाडौँ-  सामसङले काठमाडौँ कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । अगस्ट १ देखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सिइओ जोङ बुमपार्कले गरे । 

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो । यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरूले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरूलाई खरिदको निर्णय गर्न सहज हुनेछ ।

यो ब्रान्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने छ ।  ग्राहकहरूले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरू, त्यससँग आबद्ध  इकोसिस्टम जस्तै: ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरू र सामसङ टेलिभिजनहरू समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button