अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाले नयाँ सुविधा
काठमाडौँ- तपाईं कुनै अनलाइन माध्यमबाट केही सामग्री खरिद तथा विक्री गर्दै हुनुहुन्छ? विक्रेताले लाई सामग्रीको भुक्तानी नहुने तथा ग्राहकहरुलाई अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नपाउने, समयमै सामग्रीको डेलिभरी नहुने र अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्क बिहिन हुने जस्ता समस्याहरु ग्राहक र विक्रेताहरुमा अनलाइन सपिङ गर्दा हुनसक्छ । दुवै पक्षको यस्तो डर हटाउन र अनलाइन सपिङ ढुक्क बनाउन इसेवाले नयाँ फिचर ‘eScrow’ सार्वजनिक गरेको छ ।
इसेवाको मोबाइल एपमै उपलब्ध eScrow फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ । यो फिचर विशेष अनलाइन सपिङ समय अथवा अग्रिम भुक्तानी हुने ठगी रोक्न उपयोगी हुन सक्ने जनाइएको छ । इसेवाले ग्राहकहरूको रकमलाई थप सुरक्षित राख्न यो नयाँ फिचर सार्वजनिक गरेको हो।