BreakingBusiness NewsCorporate

भारतको निर्यात प्रतिबन्ध देखाएर चामलमा कालोबजारी

काठमाडौ । ५ साउनदेखि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर नेपाली बजारमा व्यापारीले कालोबजारी सुरु गरेका छन् ।

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले भारतले निर्यात प्रतिबन्ध गर्नासाथ नेपाली बजारमा चामलको मूल्य प्रतिबोरा एक सय ८५ रुपैयाँसम्म महँगिएको देखाएको छ ।

व्यापारीहरूले गोदाममा मौजदात रहेको चामलमा नै कृत्रिम मूल्य बढाएको विभागको निष्कर्ष छ ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार केही दिनअघि कालीमाटी क्षेत्रको एक खुद्रा पसलमा अनुगमन गर्दा १९ सय ५० रुपैयाँ प्रतिबोरा रहेको चामल ठोस कारणविनै बढाएर दुई हजार एक सय पुर्‍याइएको पाइएको थियो ।

‘त्यस्तै, टोखा क्षेत्रको एउटा किराना पसलमा अनुगमन गर्दा दुई हजार ११ रुपैयाँ रहेको चामलको मूल्य बढाएर दुई हजार एक सय एक रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा भेटिएको थियो,’ उनले भने ।


मूल्य बढ्नुको कारणबारे सोधीखोजी गर्दा खुद्रा व्यापारीले ठोस उत्तर नदिएको उनको भनाइ छ । ‘खुद्रा व्यापारीले थोकबाट किन्दा नै बढी मूल्य तिर्नुपरेको बताउने गरेका छन्,’ उनले भने, ‘केही थोक व्यापारीकहाँ अनुगमन गर्दा ढुवानी खर्च बढेको र भारतबाट धान खरिद गर्दाको लागत बढेको तर्क गरेका छन् ।’

यसरी विनाकारण चामलको मूल्य प्रतिबोरा एक सय ८५ रुपैयाँसम्म बढेको सूचना संकलन गरेको उनले बताए । मौजदात चामलमा कृत्रिम मूल्यवृद्धि भएपछि विभागले १५ साउनमा उद्योग वाणिज्य महासंघका सम्बन्धित व्यवसायीलाई डाकेर छलफल गरेको नयाँ पत्रिकामा समाचार छ । सो छलफलपछि विभागले मौजदात चामलमा मूल्य बढाएको भेटिए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button