BreakingShare MarketTrending

नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट

काठमाडौँ- सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो ।

यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसैगरी विकास बैंक समूहको १४ करोड ८४ लाख ७८ हजार ९०१ रुपैयाँ, फाइनान्स समूहको १७ करोड ८७ लाख ६४ हजार रुपैयाँ, हाइड्रो समूहको २६ करोड ५३ लाख ३ हजार रुपैयाँ र जीवन बीमा र निर्जीवन बीमा समूहको कारोबार क्रमशः १२ करोड ८२ लाख ९८ हजार रुपैयाँ र ९ करोड ९३ लाख १४ हजार रुपैयाँ बराबरको भएको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button