बस सेवा दशौं वर्ष प्रवेशमा अफर , बससेवाबाट दैनिक ३ हजार यात्रुले टिकट काट्छन : सिईओ खनाल
काठमाडौं । अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।
बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट उक्त कम्पनीले सेवा सुरू गरेको थियो । बससेवामार्फत दैनिक ३ हजार भन्दा बढी यात्रुले टिकट काटी यात्रा गर्दै आएको बससेवाका प्रमुख कार्यकारी अधिकृत (सिईओ)पीआर खनालले बताउनुभयो ।
बससेवाले यात्रुहरूलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सो लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा उपलब्ध छन् । लाउञ्जबाट सिधै बस चढ्न सक्ने व्यवस्था छ ।
बससेवाले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । यसका साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको बताएको छ ।
दशौँ वर्ष प्रवेशको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका सिइओ खनालले बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्ने महत्वपुर्ण भूमिका खेलको बताउनुभयो ।
कम्पनीले दशौं वर्षमा प्रवेशको अवसरमा यात्रुहरूको लागि अफर ल्याएको छ ।बससेवा वार्षिक उत्सवको अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर ल्याएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार हरेक दिन गोलाप्रथा मार्फत सात प्रतिशत क्यासब्याक प्रदान गरिने छ ।विजेताको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने बससेवाले जानकारी दिएको छ ।