BreakingPoliticsTrending

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभा बैठक सञ्चालन पूर्व तयारीका लागि बस्ने गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरमा सभामुख, विभिन्न दलका प्रमुख सचेतक, तथा सचेतकहरु सहितको बैठक सुरु भएको हो । 

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि ढिलोगरी सुरु भएको हो । 

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button