BreakingPoliticsTrending

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा  नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । 

प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेको पुष्टि गरेपनि कारण खुलाउन चाहेन । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए ।

सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button