
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।
प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको बताइएको छ ।
नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शूल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो । बक्यौता नतिरेसम्म उडान रोकिने तर बक्यौता तिरे उडान गर्न दिइने छ प्रधिकरणले जनाएको छ ।
सिम्रिक एयरले तीन वटा हेलिकोप्टरबाट उडान गर्दै आएको छ ।