BrandingBreakingPoliticsTrendingUncategorized

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६ औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याए ।

स्व. कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button