BrandingBreakingBusiness NewsCorporate

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड‘ फिल्यान्थ्रोपिस्टअफ दि इयर २०२३’ बाट सम्मान गरिने

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ ।

दुबई स्थित म्यूजियमअफदि फ्युचरभवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकावीचहुने एक भब्य समारोहमा यस अवार्डबाटचौधरीलाई सम्मानगर्ने कार्यक्रम छ ।

एशियन अवार्डले व्यवसाय,कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामाउत्कृष्ट योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्दै आएको छ ।यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेताज्याकी च्यानलगायत सम्मानित भएकाछन् ।


नेपालका एकमात्र फोब्र्समा सुचिकृत अर्वपतिउद्योगीएवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५ मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिव तीनहजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ओटापक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदान माथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।


विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारी पश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयूनिर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहतपुगेको थियो ।

फाउण्डेसनले कान्तिबाल अस्पतालकोआकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो ।अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ ।


चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत्व्यवस्थापन, उद्यमशिलताविकास, सीप र जीविकोपार्जन,महिला सशक्तिकरण,आध्यात्मिकएवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । चौधरी एक सफल नेपालीउद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवीहुन् ।

नेपालीकांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् ।अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सातभाषामा प्रकाशित छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button