BankingBrandingCorporate

एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत

काठमाडौ । कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो।

‘लिडर्स फर द नेक्स्ट जेनरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फरेन्सकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका छन् ।

यसैक्रममा बैंकले ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button