Breaking

‘ठगीको आरोप लगाएर चरित्र हत्या गर्न खोजियो’

काठमाडौं, ३२ साउन । गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगरको परिवारले आफूहरुमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् । केही दिनअघि वैदेशिक रोजगार ठगीको आरोपमा एक माया पक्राउ परेकी थिइन् । तर, आफ्नो आमामाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको भन्दै उनका छोरा रमेश मगरले आपत्ति जनाउँदै न्यायका लागि सरोकारवाला निकायसँग माग गरेका छन् । अनावश्यक आरोप लगाएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजेको भन्दै उनले आफूहरुले न्याय पाउने विश्वास गरे । 

भएको के हो ?

एक माया पुलामी मगरमाथि लागेको आरोप र यसबारे उनको परिवारले गरेको खण्डनबारे उनका छोरा रमेश मगरकै शब्दमा :

साउन २५ गते पुलामी मगर पक्राउ पर्नुभएकाके हो । उक्त दिन महेश घिमिरलाई नै एक माया पुलामी मगर आफैंले भेट्न बोलाउनु भएको हो । उनीहरू दुईबीच काठमाडौंको नयाँबसपार्कस्थित बिजी मल अगाडि बिहान १० बजे भेट्ने भन्ने कुरा भएको थियो ।  सोही अनुरूप एक मायाले आफ्नो एक जना महिलालाई पनि साथीको रूपमा बोलाएकी थिइन् ।  ती महिला समयमै आइपुगिन्, तर घिमिरे भने लामो समयसम्म कुर्दासमेत आइपुगेनन् । मगरले घिमिरेलाई पटक पटक फोन सम्पर्क गरिन् । तर, उनले फोन उठाएनन् । उनी भने भेट्ने बहानामा उनलाई पक्राउ गर्ने प्रपञ्च रच्दै थिए ।

 
लामो समय कुर्दा समेत नआएपछि थुप्रै पटक मगरले घिमिरेलाई फोन सम्पर्क गरिन् । निकै पटकको फोन सम्पर्कको प्रयासपछि अन्ततः घिमिरेले फोन उठाए । फोनमा घिमिरेले भने, ‘दिदी म आज ड्राईभिङ लाइसेन्सको तयारीमा छु, उतै (विदेश) गएपछि पनि काम लागिहाल्छ, बरू दिउँसो ३ बजे भेटाँै ।’  घिमिरेले उक्त कुरा गरेपछि एक माया आफ्नो निजी कामका लागि कलंकी पुगेर समयमै फेरि बिजी मल नै फर्किइन् । 

 
त्यसपछि मगरले घिमिरेलाई फोन गरिन् ।  तर, फेरि घिमिरेको बहानाबाजी सुरू भयो । उनले फेरि आधी घण्टाको समय मागे । तर, आधा घण्टाको समय कुर्दा समेत उनी भेट्न आएनन् । त्यसपछि उनलाई करिब ५ बजेतिर घिमिरे आफँैले फोन गरे ।  एक मायाको भने त्यसको भोलिपल्ट नै नयाँ दिल्लीका लागि २ बजेको फ्लाइट तालिका थियो । त्यसकरण पनि घिमिरेलाई उनी जसरी पनि भेट्न चाहन्थिन् ।  

घिमिरेको फोनपछि दूबैको लागि बीच बाटो पर्ने हिसाबले बिजी मलभन्दा थोरै पूर्व मित्रनगर अगाडि भेट्ने कुरा भयो । खासै टाढा नभएकाले मगर हिँडेरै मित्रतानगरतर्फ लागिन्। सिभिल ड्रेसमा केही सीआईबी प्रहरी त्यहाँ पु¥याएर घिमिरे भने अलि टाढा बसेका थिए । तर, कल्पना पनि गर्न नसकिने उक्त दृश्य देखेर एक माया अचम्ममा परिन् । उनलाई आफुविरूद्ध उजुरी परेकोबारे त्योभन्दा अगाडि कहिँकतै खबर थिएन । एकाएक त्यो दृश्य देख्दा एकछिन उनी हासिन् । उनी आफै घिमिरेलाई भेट्न आएकी थिइन्, जसले उक्त स्थानमा उनले नै बोलाएकी थिइन् । उक्त ठाउँमा महेश घिमिरे, समिरजङ्ग गुरुङ, राज घले, बेलबहादुर पौडेल र विकास बोहरा नाम गरेका गरी ५ जना अन्य व्यक्तिहरू समेत आएका थिए । 

खासमा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने व्यक्ति भने समिरजङ्ग गुरुङ मात्र हुन् । उनले बुझाएको भनेको २ लाख ५५ हजार रूपैयाँ मात्र हो । कुरा त्यति मात्रको हो । एक मायालाई पटक पटक गरी गुरुङसँग उक्त रकम लिइएको भनेर आरोप लगाइएको छ ।  पोर्चुगल जान चाहेका समिरजङ्गको भने अहिले पनि भिसा प्रोसेसिङमा नै छ। 

  
समिरजङ्गको मात्रै उजुरी परे पनि अन्य व्यक्तिहरू पनि त्यसैको मौका छोपी मगरसँग बार्गेनिङ गर्न चाहेका थिए । एद्यपि, समिरजङ्गको पनि भिसा प्रोसेसिङमा नै भएकाले उनको रकममा एक मायाबाट कुनै तलमाथि भएको छैन । र पनि उजुरी परेको हुनाले एक मायाले गुरुङसँग भने उक्त रकम डिजिटल पेमेन्टमार्फत् आफ्नै पैसा खर्च गरेर उनलाई बुझाएकी थिइन् । त्यसकारण यो केस यहि अन्त्य हुनुपर्ने हो, तर त्यस्तो भएन । 

समिरजङ्गसँगै आएका अन्य  व्यक्तिहरूले भने यसैलाई मौका छोपेर मगरसँग अनावश्यक रकम वार्गेनिङ गर्न थालेका थिए । त्यसमध्ये विकास पौडेल नाम गरेका व्यक्तिले मगरलाई आफूले भनेजति रकम दिन चर्को दबाब दिन सुरू गरे । 

पौडेलसँग सामान्य चिनजान भए पनि उनीसँग एक मायाको कुनै लेनदेन भने थिएन । उसले निकै दबाब दिएपछि एक मायाले बाध्य भएर उनीहरूलाई चेकमार्फत् पैसा दिएकी थिइन् । त्यसमध्ये राज घलेलाई ३ लाख ४० हजार रुपैयाँ, बेलबहादुर पौडेललाई १ लाख ९० हजार रुपैयाँ र महेश घिमिरेलाई  ३ लाख रुपैयाँ गरी जम्मा ८ लाख ३० हजार रकम चेकमार्फत् दिइएको थिथयो । उनीहरूले बुझाएको रकम भने भिसा प्रोसेसिङमा लाग्ने खर्च मात्र हो र मगरले उनीहरूबाट अन्य कुनै थप रकम भने लिएकी छैनन्। यी सबै रकम एक मायाले आफ्नो खाताको पैसा उनीहरूलाई बुझाएकी हुन्। यसरी भ्रममा पारेर स्वार्थ लुट्नेहरूलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ । गलत आरोप लगाएर चरित्र हत्या गर्नेविरुद्ध पनि कानुनी उपचार खोज्नुपर्छ 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button