BankingBrandingBusiness NewsCorporateShare Market

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलबिच एकीकृत कारोबार शुरु

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडबिच एकीकृत कारोबार शुरु भएको छ । सोमबार एक कार्यक्रममा आयोजना गर्दै यी दुईले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा यी दुईको एकीकृत कारोबार शुरु भएको हो । गत असार ३ गते आइतबार यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएको थियो । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि आज मिति तय गरिएको थियो ।

बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक भएका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनीले एकीकृत कारोबार शुरु गरेका हुन् ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेम राज जोशीले यस कम्पनीले सुरुवातदेखि नै अग्रणी कम्पनीकोरुपमा काम गरिरहेको दाबी गरे । आगामी दिनमा यस कम्पनीलाई छुट्टै पहिचानसहित काम गर्दै अगाडी बढाउने उनले प्रतिबद्धता गरे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button