BrandingBusiness NewsCorporate

जस्मिन पेन्ट्सले ल्यायाे चाडपर्व लक्षित अफर, ७५ हजार पेन्ट्स खरिदमा लक्की ड्र कुपन

काठमाडौ । जस्मिन पेन्ट्सले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएको छ ।

चाडपर्वमा ग्राहकलाई थप खुशी प्रदान गर्ने उद्देश्यले यही भदौ १ देखि मङ्सिर १५ गतेसम्मका लागि ‘रङ्गीन पल खुशी डबल’ उपहार योजना लागू गरेको जस्मिन पेन्ट्सले जनाएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहित को जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने विज्ञप्तिमा उल्लेख छ । जसअन्तर्गत प्रत्येक महिना चार सय जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।

उपहारअन्तर्गत एक जनाले यमाहा रे जेड कुटर, सात जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई दुई दशमलव आठ लिटरको विद्युतीय राइक कुकर र तीन सय २७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जस्मिन पेन्ट्सले विगत ३० वर्षदेखि ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू ग्राहकसमक्ष पुर्‍याइरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button