BrandingBreakingTourism

पर्यटनबोर्ड र एसटएलआरपीले पायो पाटा गोल्ड अबार्ड, पुरानो कामको मुल्याङ्कन,नयाँको लागि प्रोत्साहनः सिइओ डा. रेग्मी

काठमाडौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले प्यासिफिक एशिया ट्रावल एसोसिएसन ९पाटा० गोल्ड अवार्ड–२०२३ पाएको छ।

पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एसिया ट्रावल एसोसिएसन (पाटा)ले नेपाल पर्यटन बोर्ड र एसटिएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो।

पाटा हेडक्वाटरले विज्ञप्ति जारी गर्दै यो अवार्ड प्रदान गरेको जानकारी दिएको छ। परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो।

यस्तै, २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो। सन् १९९५ बाट सुरू भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको छ।

यो पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए।

पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताए।

‘हामीले कोभिडको असरसँगै पर्यटकहरूको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरू निरन्तर गर्दै आइरहेका छौं। यसले थोरै भएपनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ। हामीले गरेका कामहरूले मुल्यांकन गर्दै निरन्तर विभिन्न अन्तर्राष्ट्रिय अबार्डहरू प्राप्त गरेका छौं। यसले थप कार्य गर्न प्रोत्साहन मिलेको छ’ डा. रेग्मीले भने।

यस्तै, पर्यटकको खोज तथा उद्धारमा गरेको योगदानको कदर स्वरूप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मान प्राप्त गरेको थियो।

बोर्डले युएनडिपीसँगको सहकार्यमा सुरू गरेको परियोजनाले लगातार दुई वर्ष यस प्रकारको अवार्ड प्राप्त गर्दा युएनडिपी खुशी रहेको प्रतिक्रिया दिँदै युएनडिपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अप्लसंख्यकहरूलाई समेत कामको अवसर प्रदान गरेको बताइन्।

बोर्ड तथा एसटिएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

यसअन्तर्गत महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि ट्रेकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसँग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुयलहरू तयार गर्दै आइरहेको छ।

परियोजनाले अहिलेसम्म करिब एक हजार महीलाहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button