BreakingPolitics

नेपाल जनता पार्टीको कार्यकारिणी बैठक सम्पन्न,केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार गर्ने निर्णय


काठमाडौं– नेपाल जनता पार्टीको तेस्रो कार्यकारिणी बैठक सम्पन्न भएको छ । पार्टी कार्यलय अनामनगरमा शनिबार दिउँसो बैठक सम्पन्न भएको हो ।

अध्यक्ष त्रिभुवननाथ पाठकले पानसमा दियो बालेर बैठकको सुभराम्भ गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष खेमनाथ आचार्यले सनातन संस्कृति राष्ट्रिय जागरण महाअभियान गराउन प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बैठकमा सर्वसम्मत रुपमा अनुमोदन भएको छ । र सोहि अनुरुप मंसिर अन्तिम साताबाट सनातन संस्कृति राष्टिय जागरण महाअभियान सुरु गर्ने निर्णय समेत भएको छ । त्यसैगरि यस बैठकबाट विभिन्न विभागहरु गठनगरि केन्द्रिय सदस्यहरुलाई कार्य विभाजन पनि गरिएको छ ।

बैठकमा अनुशासन समित,आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार विभाग,प्रशिक्षण विभाग,अन्तराष्ट्रिय समन्वय समिति, संगठन विस्तार लगायतका विभिन्न विभाग र समिति गठन गरि कार्य विभाजन गरिएको छ । त्यस्तै अन्य पार्टीबाट पार्टी परित्याग गरि आएका दजनौँ सदस्यलाई पार्टी प्रवेश गराई स्वागत पनि गरिएको छ । यस बैठकबाट पार्टीलाई केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्म विस्तार गर्ने कार्ययोजना बनेको छ भने सोहीअनुसारको कार्यक्रम समेत तय गरिएको छ ।

सनातन संस्कृति राष्ट्रिय जागरण महा अभियान मंशिर अन्तिम साता पशुपतिबाट शुभारम्भ भई मेचि महाकाली सम्मको करिब एक महिनाको अभियान पुरा गरि पशुपतिमा पुगि सम्पन्न गरिनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button