BrandingBreakingBusiness NewsCorporatePolitics

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिको अध्यक्षमा विष्णुमाया

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिले विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ अन्तरगत रहेको महिला उप–समितिको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनबाट विष्णुमाया उचहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

महिला उप–समितिको उपाध्यक्षमा देवी कार्की (रुपन्देही), सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं, कोषाध्यक्षमा सरिता प्रधान(मकवानपुर) चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई(सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्वसम्मत रुपले निर्वाचित भएका हुन् ।

नवनिर्वाचित महिला उपसमिति अध्यक्ष विष्णुमाया उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरेकी छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button