Breaking

म्यानमारसँग खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाडौं, १७ भदौ । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटलबल टोलीको घोषणा गरिएको छ । 

आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । 

फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप नेपालले यही भदौ २२ र २५ गते म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानरमारमै हुने खेलका लागि घोषणा गरिएको टोलीमा गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्कीलाई समावेश गरिएको छ । 

रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र  अञ्जन राई छन् भने मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन्।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्।
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button