Breaking

पहिरोले सुदुरपश्चिमका तीन जिल्लामा जाने सवारी साधान अलपत्र

डडेलधुरा, २४ भदौं । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ । 

सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुदैँ सञचालन भईरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । साे सडक खण्ड पार गरेर जाने सवारी साधान अलपत्र परेकाे छ । 

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उसका अनुसार  शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भए पछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button