Breaking

सरकारी गाडीको दुरुपयोग गर्ने तीनजना समातिए

भक्तपुर, २४ भदाैं । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।

शनिवार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।

युवा सङ्घ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले भक्तपुरमा समातिएनन् भने भक्तपुरको जगाती सूर्यविनायकमा तीन वटा भेटिएको हो ।

बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button