Breaking

भक्तपुरकाे स्कुलमा मनाइयाे बुबाकाे मुख हेर्ने कार्यक्रम

भक्तपुर, २८ भदाै‌ । आ-आफना बुबाको सम्मानमा बुधबार भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुबाको मुख हेर्ने कार्यक्रम गरेका छन् ।

एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा २ का विद्यार्थीको आयोजनामा बुबाको सम्मानमा बुबाको मुख हेर्ने कार्यक्रम मनाइएकाे हाे ।

कार्यक्रममा स्कुलमा कक्षा २ को मकालु, कञ्चनजंगा र धौलागिरी गरी तीन सेक्सनका विद्यार्थीहरुले बुबाहरुलाई स्टेजमा बोलाएर सम्मान गरेका थिए । एउटा सेक्सनमा रहेका सवै विद्यार्थी स्टेजमा पुगेर स्टेजमै पुगेका विद्यार्थीका अभिभावकहरुलाई आआफूले सम्मान गरेका हुन् । विद्यार्थीले टिका लगाइदिएर, फूलमाला लगाई आआफूले बनाएको कार्ड आआफना बुबालाई दिएका थिए ।

 
यो पटक १२ औं बुबाको मुख हेर्ने दिनको अवसरमा कार्यक्रम गरेको स्कुलले जनाएको छ । यसअघि स्कुलले कक्षा २ का विद्यार्थीका अभिभावकलाई नियमन्त्रा दिइएको थियो । अभिभाबक नपुगेका विद्यार्थीहरुले प्रिन्सिपल भक्त राजभण्डारीलाई पूजा गरेका थिए । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button