BreakingPolitics

चिकित्सक कुट्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 

संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् । 

बिरामीको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button