Breaking

जम्मु काश्मिरमा चार दिन देखी सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी

काश्मिर, जम्मू कश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी छ । 

भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतंककारीहरु  लुके पछि खोजी गर्न ड्रोन र हेलिकप्टरको समेत सहयोग लिइएको छ । केही बेर अघिसम्म दुवै पक्षबाट गोली हानाहान भइरहेको छ । 

आतंकवादीहरू पहाडको टुप्पोमा रहेको गुफामा लुकेर बसेको बताइएको छ । यद्धपी, कोकरनागको गडुलको जङ्गल क्षेत्रमा सुरक्षा बलको खोजी अभियान जारी छ । 

आतङ्ककारीको घेरालाई बलियो बनाउन सेनाले पहाडलाई घेरा हालेको छ । यसपछि पनि गतिरोध जारी छ । क्वाडकोप्टर, ड्रोन र अन्य आधुनिक उपकरणहरूद्वारा आतंककारीहरूको निगरानी भइरहेको छ। पारा कमाण्डोले पनि अपरेशनको जिम्मा लिएका छन् । घना जङ्गल र पहाडी भूभागका कारण यो विशेष टोली तैनाथ गरिएको हो । यसबाहेक पहाडमा आतङ्ककारी लुकेको ठाउँमा रकेट प्रहार गरिएको छ ।

उल्लेखनीय छ कि कोकेरनागको गदुल जंगलमा आतंकवादीहरूको आन्दोलनको सूचना पछि सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफको राष्ट्रिय राइफलको संयुक्त दलले बुधबार बिहानै खोजी अभियान सुरु गरेको थियो। घेराबन्दीका क्रममा जङ्गल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरूले संयुक्त टोलीमाथि भारी गोलीबारी गरेका थिए ।

मुठभेडका क्रममा सेनाका १९ आरआर कमाण्डिङ अफिसर कर्नेल मनप्रीत, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी अपरेशन हुमायुन भाट मारिएका थिए, जुन घटनाबाट आक्रोशित भारतीय सुरक्षा फौजले आतंककारीहरुलाई घेरा हालेका हुन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button