एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सहमति
काठमाडौ । नेपालको हस्पिटालिटी क्षेत्रमा विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था एट्टिक रेस्टुरेन्ट र नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको सम्झैता पत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गर्नुभएको छ ।
सम्झैता पत्रअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ ।
साथै दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ । सम्झैता पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो ।
सम्झैता पत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
विष्टले आगामी दिनमा थप कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने अपेक्षा राख्नुभयो ।
एट्टिक रेष्टुरेन्ट मन मिल्ने साथीहरूको समूहले २००९ मा स्थापना गरेको संस्था हो । उत्तर ढोकाबाट चार वर्ष सफल व्यवसाय सञ्चालन गरेपछि एट्टिक रेस्टुरेन्ट टंगालनमा सरेर सञ्चालन भएको थियो ।
त्यहाँ एक दशकको सफल व्यवसाय सञ्चालनपश्चात हामी अझै परिष्कृत रुपमा ज्ञानेश्वरमा सरेका छौं । उत्कृष्ट खाना, उत्कृष्ट पेय पदार्थ र अनुकरणीय वातावरणका लागि एट्टिक रेस्टुरेन्ट प्रसिद्ध छ । पछिल्लो समय एट्टिक रेस्टुरेन्टले नयाँ र अझ राम्रो स्थानबाट आफ्नो उत्कृष्ट सेवा र सुविधा प्रदान गरिरहेको छ ।