BreakingBusiness News

सिफोर्डद्धारा निष्ट कलेजका विद्यार्थीहरुलाई विदेश अध्ययन सम्बन्धि ‘फ्री सेमिनार ट्रेनिङ’

ललितपुर । सिर्फाड एजुकेसनल कन्सल्टेन्सीले निष्ट कलेजका विद्यार्थीहरुलाई विदेश अध्ययन सम्बन्धि फ्री सेमिनार ट्रेनिङ आयोजना गरेको छ । लगनखेल अवस्थित एकेडेमी अफ क्यूलिनेरी आर्टस् एण्ड हस्पिटेलिटी म्यानेजमेन्टको हलमा आज शुक्रबार अपरान्ह साढे दुई बजे शुरु भएको उकत कार्यक्रममा ललितपुर निष्ट कलेजकको तर्फबाट ५० जना विद्यार्थीरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा स्पीकररप्रेरकको रुपमा कुमारीपाटी अवस्थित सिफोर्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सनम कुमार महर्जनले बक्ताको रुपमा आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा महर्जनले विद्यार्थीहरु विदेश अध्यनन जाँदा कहाँ ? कसरी ? के/के कुरामा ध्यान दिनुपर्ने भन्ने बारे चेतना मुलक जानकारी प्रभाव गर्नुभएको थियो ।

विदेश अध्यनन जाँदा कसरी सचेत र बाठो बन्ने ? ठगीनुबाट कसरी जोगीने ? लगायत विदेशमा गएपछि निम्तिने समस्याहरुबाट समाधान कसरी खोज्ने ? लगायत अन्य यावत् विषयबस्तुप्रति शिक्षा प्रदान गर्नुभयो । करीब १ घण्टासम्म चलेको उक्त कार्यक्रमको बीचबीचमा महर्जनले विद्यार्थीहरलाई आईक्यू प्रश्नहरु पनि सोध्नुभएको थियो जसमा ठीक उत्तर दिने विद्यार्थीहरुलाई उपहारको पनि व्यवस्था पनि सिफोर्डले गरेको थियो ।

कार्यक्रमको आयोजक निष्ट कलेज रहेको थियो भने मिडिया पार्टनरको रुपमा खोजतलास पत्रिका रहेको थियो । सिफोर्ड कन्सल्टेन्सीले समयसापेक्ष विद्यार्थीहरुलाई लक्षित गर्दै यस्ता जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सिर्फाडले गत हप्तामात्र एम्स कलेजमा स्नातक अध्यनरत विद्यार्थीहरुसमक्ष ‘विदेश अध्ययन र परीक्षाको तयारी’ विषयक चेतना मुलक फ्री सेमिनार कक्षा आयोजना गरेकाे थियाे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button