BreakingBusiness News

लगातार ८ दिन घटेपछि बढ्यो सुनको मूल्य

काठमाडौ, १७ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ ।   महासंघले लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।   मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो ।   सुनको मूल्य यही असोजको ८ गतेदेखि निरन्तर घट्न थालेको थियो । असोज ७ गते तोलामा १ लाख १२ हजार २०० रहेको सुनको मूल्य हिजो मंगलबारसम्म आइपुग्दा १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।   यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button