Breaking

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १७ असोज। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button