
BrandingBusiness NewsCorporateheadlineLifestyle
डाबर नेपालले ग¥यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग
काठमाडौ । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग गरेको छ ।
डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वलाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पु¥याउने उदेश्यसहित इजी हेल्थकेयर फाउन्डेसनलाई सहयोग गरेको जनाएको छ ।
डाबर नेपालले आफ्नो सिएसआ पहल अन्तर्गत इजी हेल्थकेयर फाउन्डेसन सहयोग गरेको हो । डावर नेपालकी अध्यक्ष एव निर्देशनक इश्वरी राणाले इजी हेल्थकेयर फाउन्डेसन संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गर्नुभयो ।
सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने कम्पनीले अपेक्षा गरेको छ ।