BankingBreakingShare Market

सेयर धितो कर्जाको सीमा बढ्यो, व्यक्तिगत १५ र संस्थागत २० करोड पुग्यो

काठमाडौ । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा संसोधन गरेको छ ।

एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमामा संसोधन गरेको हो ।

सेयर धितो कर्जाको संसोधनसँगै अब व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड पुगेको छ भने संस्थागततर्फको क्याप भने बढेर २० करोड पुगेको छ ।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु। १५ करोड कायम गरिएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ एकीकृत निर्देशनमा भनिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button