BreakingPolitics

इजरायली प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीको उद्धार गर्न एमालेको आग्रह

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्ष दल एमालेले इजरायली प्रधानमन्त्रीसँग समन्वय गरेर नेपालीको उद्धार गर्नुपर्ने बताएको छ । इजरायलमाथि हमासले आक्रमण गरेसँगै बढेको असुरक्षाका कारण एमालेले तत्काल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग समन्वय गरेर नेपाली नागरिकको उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका हुन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डले  त्यहाँका समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए । आक्रमणबाट घाइते भएका नेपालीको उपचार गर्ने कार्य ढिलाइ नगर्न भन्दै उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो ।’  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button