BrandingBreakingBusiness NewsCorporate

दुई दिने ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सम्पन्न, मेयर चिरीबाबुले गरे प्रशंसा

काठमाडौँ । लतिलतपुरको पुल्चोकस्थित लबिम ममा प्रर्दशन गरिएको दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना गरेको एक्स्पो बिहिबार र शुक्रबार चलेको थियो ।प्रदर्शनीमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शन गरेका थिए ।

एक्स्पोमा थेसिस भएकाहरुको बिभिन्न फरक प्रोजेट बनाए थिए भने थेसिस बिद्यार्थीले बुटिक, रिसोर्ट, अफिस, रेष्टुरेष्ट लगायत स्पेस र डिजाइन प्रर्दशनी गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिनुभयो ।

प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा भएको थियो । कार्यक्रमको उद्घाटन बिहिबार मेयर चिरीबाबु महर्जन गर्नुभएको थियो । मेयर महर्जनले प्रदर्शनी पनि एकदमै नौलो काम भएको आयोजकको प्रसंशा गर्नुभएको थियो ।बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा मेयर महर्जनले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गर्नु भएको थियो।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो ।

फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button