International

इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी 

तेल अबीब, इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ ।    इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो । इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई मारेको थियो। कादीलाई इजरायलीहरूको अपहरण र हत्या गरेको आरोपमा सन् २००५ मा पनि पक्राउ गरिएको थियो ।   इजरायली सेनाका अनुसार पछि उनलाई हमासको बन्दी बनाएको आइडीएफ सिपाही गिलाड शालितको सट्टामा रिहा गरिएको थियो, जसले गत शनिवार इजरायल माथी हमला गर्ने मुख्य नेतृत्वदायी भुमिका खेलेका थिए ।  यसबारेमा हमासले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button