BankingBrandingBusiness NewsShare Market

एनआईसी एशिया क्यापिटल आठौं वर्षमा, विशेष छुट तथा अफर योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया क्यापिटल स्थापनाको सातौं वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।

क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाएको छ । क्यापिटलले सातौं वर्ष पूरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत सात लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न खोलेका छन् । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र पाँच वटा बन्दमुखी योजना मार्फत ५.६ अर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६ सय ७५ जना भन्दा बढी ग्राहकहरुबाट २ अर्ब रुपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत २२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा, शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, चारवटा कम्पनीको हकप्रद सेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा सातवटा प्रमुख सेवाहरुमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फागुन २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहने कम्पनीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button