Breaking

भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै

काठमाडौं, २ असोज । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो ।    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।   

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button