काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् । बिहीबार बिहान डा.महतोले सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् ।लगत्तै बैंक सञ्चालक समितिले महतोको राजीनामा स्वीकृत समेत गरेको छ । रिक्त पदमा तत्काल सञ्चालक समितिले सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
माछापुच्छ्रे बैंकका निःवर्तमान अध्यक्ष डा.महतो गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष समेत हुन् ।