Breaking

चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकको जिम्मेवारी तण्डुकारलाई

काठमाडौँ । आईइमई ग्रुप अन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि तण्डुकार कम्पनीको एक्जुकेटीभ म्यानेजर थिए ।

यसअघिका महाप्रबन्धक सञ्जीव थापाले पदबाट राजीनामा दिएसँगै कम्पनीले उनको राजीनामा स्वीकृत गर्दै तण्डुकारलाई निमित्तको जिम्मेवारी दिएको हो ।सो जानकारी कम्पनीले मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी दिएको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button