BreakingBusiness NewsInternationalTrending

बंगलादेशतर्फ ४२ करोडको मुसुराको दाल निर्यात

काठमाडौं- नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।

नेपालबाट तीन वटा देशमा मुसुराको दाल निर्यात हुने गरेको छ । विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा सबैभन्दा धेरै रातो मुसुराको दाल निर्यात हुने गरेको छ ।

बंगलादेशमा ४२ करोड ३७ लाख रुपैयाँ बराबरको २९ लाख ८ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको छ । यस्तै, सिंगापुरतर्फ ५ करोड ५१ लाख रुपैयाँको र दक्षिण कोरियातर्फ ३३ लाख ९३ हजार किलोग्राम दाल निर्यात भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button