BrandingBreakingBusiness News
न्यूरोडमा सुन गाल्ने कारखाना, ७ किलो सुन सहित एकजनालाई पक्राउ
काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानाबाट प्रहरीले ७ किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ ।
न्यूरोड स्थित ओम्पाल गोल्ड शपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा करिव ७ किलो सुन सहित कैलालीका पदम पाण्डेलाई पक्राउ गरेको हो ।
सुन गाल्ने कारखानाका सञ्चालक कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बरामद सुनको तौल लिने तथा पक्राउ परेको पाण्डेमाथि अनुसन्धान भइरहेको एसपी रेग्मीले बताउनु भयो ।
प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा रहेका छन् ।