BankingBrandingBusiness News

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बेंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा कायम छ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यस्तै, क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५० पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button